विराटनगर : सिरहाको इलाका प्रहरी कार्यालय, लहानका प्रमुख डीएसपी वीरेन्द्र पासवान हेडक्वार्टर तानिएका छन् ।
बुधबार प्रहरी प्रधान कार्यालयले उनको जिम्मेवारी खोस्दै हेडक्वाटर तानेको हो । उनी करिब दुई महिनाअघि मात्रै लहानको कमाण्ड गर्न पुगेका थिए ।
यसअघि सोमबार मात्रै प्रहरी हेडक्वार्टरले सिरहाका एसपी रमेश पण्डितलाई पनि हेडक्वाटर तानेकाे थियाे । उनको ठाउँमा अर्का एसपी अनन्तराम शर्मालाई पठाइएको छ । यसअघि सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको पनि जिम्मेवारी खोस्दै गृह मन्त्रालय तानिएको थियो ।
डीएसपी पासवानलाई किन हेडक्वार्टर तानिएको कारणबारे भने प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दिनेश आचार्यले खुलाउन चाहेनन् ।
प्रतिक्रिया