पाँचथर– तमोर नदीमा पौडी खेल्न गएका एक जना युवक बगेर बेपत्ता भएका छन । बेपत्ता हुनेमा जिल्लाको फालेलुङ गाउँपालिका ७ भालुखोप निवासी भिमकुमार राईका १६ वर्षीय छोरा शिशिर राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । शनिबार फिदिम बजारबाट साथीहरूसँग पौडी खेल्न गएका शिशिर खेल्दा खेल्दै नदीले बगाएको थियो ।
उनलाई तमोरले बगाएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेको प्रहरीको उद्वार टोली सँगै स्थानीयले दिनभर खोजी गर्दा पनि उनलाई फेला पार्न नसकिएको प्रहरीको भनाई छ ।
आइतबार बिहानदेखि पुनः खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया