माधव नेपालमाथिको मुद्दामा प्रधानमन्त्री ओली भन्छन्: अख्तियार ‘काम गर्ने संस्था हो, प्रयोग हुने होइन’

शनिबार, २४ जेठ २०८२

मोरङ : प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रयोग हुने नभई काम गर्ने संस्था भएको बताएका छन्।

शनिबार मोरङको कटहरी गाउँपालिका–२ मा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

पत्रकारहरूले पतञ्जलि समूहको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्नु राजनीतिक प्रतिशोध हो कि भन्ने प्रश्न उठाउँदा ओलीले भने, “अख्तियार प्रयोग हुने संस्था होइन, काम गर्ने संस्था हो।”

अख्तियारले गत साता नेपालसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि यसको राजनीतिक उद्देश्यबारे बहस चलिरहेको छ। सरकार पक्षले अख्तियार स्वतन्त्र निकाय भएको दाबी गरिरहेको छ भने विपक्षले यसलाई राजनीतिक चलखेलको हिस्सा बताउँदै आएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार