सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजी जारी

शनिबार, २४ जेठ २०८२

इटहरी : विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशी नदीमा बेपत्ता भएका दुई जना शसस्त्र प्रहरीमध्ये एक जनाको शव फेला परेको छ भने बेपत्ता एक जनाको खोजी जारी छ ।

बेपत्ता भएका दन्तकाली विशेष कार्यतालिम शिक्षालय सप्तरीमा कार्यरत हरेदेव राजवंशीको शव शुक्रबार सप्तकोशी नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए । उनका अनुसार डोटीका सुरज साउद भने अझै बेपत्ता छन् ।

सशस्त्र प्रहरी बलका गोताखोर र तालिम प्राप्त विपद् व्यवस्थापनको टोली परिचालन गरी साउदको खोजी कार्य जारी रहेको उपरीक्षक तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार