हराएको भनिएका वृद्धको टाउको कुकुरले गाउँमा ल्याएपछि...

मंगलबार, २६ चैत्र २०८१
गुल्मी : गुल्मी दरबार गाउँपालिका–६ बेलपोखरीमा  करिब दुई महिनादेखि हराइरहेका ५५ वर्षीय रतन शाहीको टाउको सोमबार राति एक कुकुरले गाउँमा ल्याएपछि उनको मृत्यु भएको खुलेको हो । कुकुरले ल्याएको टाउको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनापछि खोजीमा निस्किएको प्रहरी टोलीले मंगलबार बिहान टाउको भेटिएको स्थानभन्दा करिब ५०० मिटर पर अस्थिपञ्जर फेला पारेको थियो । त्यहाँ भेटिएका कपडाको आधारमा रतन शाहीकै कंकाल भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शव पहिचान उनका छोरा केहरसिंह शाहीले गरेका हुन् । शाही दुई महिनादेखि हराइरहेका थिए । उनी एक्लै बस्ने गर्थे र मानसिक स्वास्थ्य पनि पूर्णरूपमा सामान्य नभएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुमान अनुसार, घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक भुपेन्द्र थापाको नेतृत्वमा टोली परिचालन गरिएको छ । अहिले घटनास्थलमा आवश्यक अनुसन्धान र प्रमाण संकलनको कार्य भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार