काठमाडौँ । एसियाकै धनी व्यक्ति भारको रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले मुम्बईस्थित इन्स्टिच्युट अफ केमिकल टेक्नोलोजी (आइसिटी) लाई १५१ करोड भारु दान गरेका छन् ।
मुकेश अम्बानीले आफूले १९७० को दशकमा स्नातक गरेको सो कलेजलाई सहयोग गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।मुकेश अम्बानी जुन ६ मा सो कलेजमा प्रोफेसर एमएम शर्माको जीवनी 'दिव्य वैज्ञानिक' को विमोचनका लागि आयोजित विशेष समारोहमा सहभागी भएका थिए ।
उनले प्रोफेसर शर्माको आग्रहमा नै कलेजलाई सहयोग गरेको बताए ।
मुकेश अम्बानी र उनको परिवारले आर्थिक वर्ष २०२३-२४ मा ४०७ करोड भारु दान गरेको एक रिपोर्टमा उल्लेख छ । मुकेश अम्बानी एसियाका सबैभन्दा धनी व्यक्ति हुन्। उनीसँग ९.३५ लाख करोड भारुको सम्पत्ति छ । उनी विश्वको धनीको सूचीमा हाल १६औँ स्थानमा रहेका छन् ।
प्रतिक्रिया