कुमारी बैङ्कको संस्थापक शेयर आजदेखि बिक्रीमा

आइतबार, २५ जेठ २०८२

काठमाडौँ । कुमारी बैङ्क लिमिटेडले आजदेखि आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैङ्कले एक सूचना जारी आजदेखि उक्त शेयर बिक्रीमा राखेको जनाएको हो । बैङ्कले विभिन्न संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेका ३१ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको बताएको छ ।

बैंकका विद्यमान संस्थापक सेयर धनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैङ्कको शेयर रजिस्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैङ्कको केन्द्रीय कार्यालयमा आई पुग्ने गरी आवेदन दिन सक्नेछन् ।

निर्धारित म्यादभित्र शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा संस्थापकहरू भन्दा बाहेकका लगानीकर्ताहरूमा शेयर बिक्री गरिने बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ । शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार