झापा : झापा जिल्लाको कमल गाउँपालिका–३ स्थित सानो केर्खामा मोटरसाइकल दुर्घटनामा परी एक सशस्त्र प्रहरी नायव निरीक्षक (सई) को मृत्यु भएको छ।
शनिवार साँझ ७:५५ बजे पूर्व–पश्चिम राजमार्गमा प्र १–०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।
मोरङको कानेपोखरी गाउँपालिका–४ निवासी ४८ वर्षीय पूरणलाल राजवंशी हाल इलामको समालबुङस्थित बेओपी पोस्टमा कार्यरत थिए।
उनी घर बिदा सकेर ब्यारेक फर्किँदै गर्दा दुर्घटनामा परेका थिए। दुर्घटनापछि गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि मोटरसाइकल प्रहरी चौकी केर्दाले नियन्त्रणमा लिएको जनाएको छ।
प्रतिक्रिया