ताल दिवस : कसरी बन्यो फेवाताल ? (तस्बिरहरू)

बुधबार, ११ भदौ २०८२

पोखरा ।  पोखराको मुटुमा अवस्थित फेवाताल नेपालकै एक प्रमुख पर्यटकीय गन्तव्य हो। यो ताल प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्त्व र जैविक विविधताले भरिएको स्थल हो, जहाँ बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित हुन्छन् ।

फेवातालको महत्वलाई उजागर गर्न हरेक वर्ष ताल दिवस मनाइन्छ, जसले हामीलाई प्रकृति संरक्षणको सन्देश दिन्छ । समुद्री सतहबाट करिब ७४२ मिटरमा रहेको यो तालको लम्बाइ: करिब ४.४ कि.मी. क्षेत्रफल: करिब ६.३४३ वर्ग किलोमिटर रहेको छ । फेवातालको उत्पत्ति प्राकृतिक भूगर्भीय प्रक्रियाबाट र ‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवाताल रहन गएको मान्यता छ ।

यो ताल ‘वैदाम’ गाउँको छेउमा पर्ने हुँदा ‘वैदाम ताल’ पनि भनिने गरिन्छ । तालको बिचमा ‘बराही मन्दिर’ रहेको छ । फेवातालको मुख्य स्रोत हर्पन खोला हो । जुन १० किलोमिटर परबाट बगेर यो तालमा मिसिन्छ । यो खोलाबाट करिब ७० प्रतिशत पानी फेवा तालमा आउँछ । बाँकी अन्य स्रोतहरू पनि छन् । फिक्रे खोला, चिसापानी खोला, मुलाबारि खोला र सेदी जस्ता खोलाहरूले पानी ल्याउने गर्छन् ।

Photo (1) (8)_11zonPhoto (2) (7)_11zonPhoto (4) (7)_11zonPhoto (5) (5)_11zonPhoto (3) (7)_11zonPhoto (7) (6)_11zonPhoto (6) (6)_11zonPhoto (8) (3)_11zon

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार