आज बि.सं. २०८२ असोज १३ गते मंगलबार ई.सं. २०२५ सेप्टेम्बर ३० नेपाल सम्बत ११४५ कौलाथ्व अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल अष्टमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, शोभन योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशिको हुनेछ ।
आज कुनै महत्त्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसुकै दिशाको यात्रा गरे पनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्त्वपूर्ण कार्यको सुरुवात वा शुभ यात्रामा निस्कँदा आजका लागि शुभ समय बिहान ०८ बजेर २४ मिनेट देखि १० बजेर १६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, इत्यादिमा पनि अन्तर हुनेछ । आज महाअष्टमी व्रत/कालरात्रि/गोरखकाली पूजा/भौमाष्टमी व्रत रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो, लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ । व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मे हम्मे पर्नेछ, घरायसी कामको चापसमेत बढ्नेछ, समय निकालेर लव मेटसँग कुराकानी गर्नु बेस हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले कारोबारमा सफलता दिलाउनेछन् । अरूका नकारात्मक कुरामा ध्यान नदिई काममा मात्र फोकस गर्ने दिन हो । थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकको काममा वा आफन्तका निमित्त छुट्टाउनु पर्ने हुन्छ । आजको दिन तपाईँको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्न सक्ने समय हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
जोखिम र सङ्कटले भरिपूर्ण समय हो, यस अवधिमा नैराश्यता, दिक्दारी र चिडचिडेपन बढ्न सक्छ । परिबन्द र बाध्यताका कारण आर्थिक बोझ बढ्नेछ, साथमा लगानी र दौडधुपको समुचित मूल्यसमेत प्राप्त हुनेछैन । गोपनीयता बाहिरिनाले वा विगतको सानो कमजोरीले तनाव बढ्ने तथा मनमा अनावश्यक भय र त्रास सिर्जना हुने कमजोर समय छ । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ’ मिलाउनुभन्दा ‘नाइँ’ पनि भन्न सक्नुपर्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
शङ्कास्पद कारोबार र क्रियाकलापमा सहभागी नबन्नु राम्रो हुनेछ, महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु होला । कामधन्दाबाट हिजो अस्ति झैँ नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ । दाम्पत्य जीवनको भरपुर सुख भोग गर्न पाइने छ । गीतसङ्गीत, साहित्य वा कुनै कला सम्बद्ध विषयमा रुचि जाग्ने दिन हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रतिस्पर्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढङ्गले तैयारी गरेको राम्रो हुन्छ । परिवारमा चलिरहेको कुनै असमझदारी वा भ्रमको निवारण हुनेछ । प्रयास, प्रतिस्पर्धा र सिकाइका आधारमा मात्र एउटा व्यक्ति दक्ष बन्न सक्दछ भन्ने ठानी आज जीवनको वास्तविक लक्ष्य पहिल्याउने दिन हो । व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमन्डका कारण केही समस्याहरू सिर्जना हुन सक्छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाको उदय हुने महत्त्वपूर्ण दिन हो । ज्ञान, आत्मबल र सामर्थ्य प्रदर्शन गरी अरूलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूर्ण उपलब्धिको बाटोसमेत खुल्नेछ । व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर प्राप्त हुनेछ । प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन सङ्गीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
होटेल÷मोटल, रेस्टुरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढङ्गले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी हुने दिन हो । दाम्पत्य सम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति देखिन्छ, यद्यपि उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सहकर्मी र जुनियर स्टाफको काममा अलमलिँदा नियमित काममा बाधा पुग्नेछ, तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिँदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ । धर्म कर्म वा परोपकारी काममा चित्त जाने दिन हो, हाँके÷ताकेका काममा मित्र र सहयोगीको साथ पाउनाले नचिताएको काम सम्पादन हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पार्टनरको इच्छाअनुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेर मात्र सम्पर्क गर्नु ठिक हुन्छ । प्रतिद्वन्द्वीले हार खानेछन्, मित्र वर्ग र स्टाफको सहयोग मिल्नाले मन प्रसन्न रहनेछ, कार्यक्षेत्रमा पनि राम्रो गर्नसक्नाले प्रतिष्ठा र सम्मान बढ्ने दिन हो । खातापातालाई दुरुस्त बनाइने छ, उठती र सापटीको हिसाब मिलान गर्न सकिन्छ । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सक्नुहुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको कुनै पल तपाईँका लागि भावुक समय बन्न सक्छ, तर परिवारका सदस्य र जीवनसाथीको साथ मिल्नाले मन प्रसन्न रहनेछ । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । इच्छाशक्ति बढ्नेछ भने मान सम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, दायित्व र जिम्मेवारीको बोध गर्नुका साथै आफ्नो कर्तव्य निर्वाहप्रति सचेत हुने समय हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सुख सुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो । आवश्यक पर्दा ऋण वा सरसापट लिनुपर्ने बाध्यता देखिन्छ । महत्त्वाकाङ्क्षी र आशावादी बन्नु सकारात्मक पक्ष हो, तर खेलबाड र मनोरञ्जनमा भुलिँदा वा कुनै लापरबाहीले भविष्यमा पछुतो मान्ने परिस्थिति बन्न सक्छ । अवसर प्राप्तिका निमित्त दौडधुप र परिश्रम गर्नुपर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरूलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्न सक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् । आज धार्मिक स्वभाव र परोपकारी मिजास प्राप्त हुने समय हो । पेसागत काम नोकरी वा व्यापार वृत्तिबाट राम्रो धनार्जन गर्ने समय छ । कुनै प्रस्तावउपर विचार÷विमर्श हुने दिन हो, आजको त्याग र साधनाबाट भविष्य सुदृढ बन्नेछ, खर्चमा कटौती गरेर भए पनि लगानी गर्नु ठिक हुन्छ ।
प्रतिक्रिया