अविरल वर्षा सुरु भएसँगै देशभरका ५ स्थानमा पूर्णरुपमा सडक अवरुद्ध

शुक्रबार, १७ असोज २०८२

काठमाडौं । देशभर सुरु भएको भारी वर्षाका कारण विभिन्न स्थानका ५ सडक पूर्णरुपमा अवरुद्ध बनेका छन् । नेपाल प्रहरीले दिएको जानकारीअनुसार संखुवासभा, रसुवा र सिन्धुपाल्चोक जिल्लाका ५ स्थानमा पूर्णरुपमा सडक अवरुद्ध बनेका हुन् ।

संखुवासभामा अविरल वर्षाका कारण भोटेखोला र मकालु गाउपालिकामा गरी कोशी राजमार्ग दुई ठाउँमा अवरुद्ध छ । यस्तै रसुवामा बाढीका कारण गोसाइकुण्ड गाउँपालिका नेपाल चिन जोड्ने सडक र पासाङ ल्हामु शेर्पा सडक पूर्णरुपमा अवरुद्ध छ ।

यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चारकिलोमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार