आईजीपी खापुङसँग जाँचबुझ आयोगले किन सोध्यो २४ घण्टे स्पष्टीकरण?

बुधबार, १९ कार्तिक २०८२
File Photo

काठमाडौँ : जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठन भएको जाँचबुझ आयोगलाई आवश्यक विवरण नदिएको आरोपमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई आयोगले २४ घण्टाभित्र स्पष्टीकरण दिन आदेश दिएको छ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगका प्रवक्ता तथा पूर्व एआईजी विज्ञानराज शर्माले आयोगले मागेको तथ्याङ्क ढिलो र अपूर्ण रूपमा पठाइएकाले स्पष्टीकरण सोधिएको जानकारी दिए।

‘हामीले मागेका विवरण प्रहरीले समयमा पठाएन, र पठाएको पनि अपर्याप्त छ,’ प्रवक्ता शर्माले भने, ‘फिल्डमा खटिएका अधिकृतदेखि कमाण्डरसम्मको नामावलीसमेत नआएको पाइएको छ।

आयोगको काममा बाधा पुर्‍याउने प्रयत्न किन भयो? स्पष्टीकरण मागिएको छ।’

आयोगका अनुसार प्रहरी सङ्गठनबाट पठाइएको जवाफमा जेन–जी आन्दोलन दौरान देशभरका प्रहरी महानिरीक्षकदेखि जवानसम्म सबै फिल्डमा खटिएको सामान्य जानकारी मात्र थियो, तर जिम्मेवारी, पद, खटिएको स्थान र शृङ्खलाबद्ध आदेशको अभिलेख समावेश गरिएको थिएन।

आयोगले बिहीबारसम्म आईजीपी खापुङलाई लिखित स्पष्टीकरण बुझाउने समय दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार