प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच आगामी निर्वाचनबारे छलफल

बुधबार, १९ कार्तिक २०८२

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच आगामी निर्वाचन तयारीबारे बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको भावनाअनुसार सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताइन्।

पूर्वराष्ट्रपति यादवले सबै दलहरू चुनावमा जानैपर्ने र लोकतान्त्रिक प्रक्रियाको निरन्तरता सुनिश्चित गर्न निर्वाचनको विकल्प नभएको धारणा राखे। उनले सरकारका तयारी र संवाद प्रयासको प्रशंसा गर्दै नागरिक समाजलाई पनि दलहरूलाई चुनावमा सहभागी हुन प्रेरित गर्न सुझाव दिए।

भेटमा अर्थमन्त्री रामेश्वर खनाल र सञ्चारमन्त्री जगदीश खरेल पनि उपस्थित थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार