ट्याक्सी दुर्घटना हुदाँ चालकको मृत्यु

शुक्रबार, १७ असोज २०८२

रामेछाप । रामेछाप नगरपालिका–७ भालुखोप डाँडामा बिहीबार ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।


बा १ अ ९२१९ नम्बरको ट्याक्सी दुर्घटनामा परी मन्थली नगरपालिका–४ का ४० वर्षीय लालकाजी घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।


घाइते अवस्थामा उद्धार गरी रामेछाप अस्पताल पु¥याइएका घिसिङको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार