धनगढीमा पोखरा जादैँ गरेको बस दुर्घटना, एकको मृत्यु १२ घाइते

शनिबार, १८ असोज २०८२

धनगढी । धनगढीबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस धनगढीको बोराडाँडी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवाका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ का ६२ वर्षीय गणेशबहादुर शाही रहेका छन्। बसमा सवार सबै १२ जना घाइते भएका छन्।

दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बा२ख १९०७ नम्बरको बस सडक खण्डमा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार