इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु

आइतबार, १९ असोज २०८२

इलाम। निरन्तरको वर्षापछि आएको बाढी, पहिरोले इलाममा ठुलो मानवीय क्षति पुर्‍याएको छ। इलामका ६ ठाउँमा बाढीपहिरोमा परी १८ जनाको मृत्यु भएको छ। डम्बर बहादुर तामाङको घर पहिरोले पुरिदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको हो।

सुर्योदय नगरपालिका १ मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घरमा पहिरो खस्दा घर भित्रबाट ४ वटा शव फेला पारेको सशस्त्र प्रहरी बलका सूचना अधिकारी शैलेन्द्र थापाले जानकारी दिए। क्षेत्रीको घरबाट उद्धार गरि उपचारको लागि लैजाँदै गर्दा १ जनाको बाटोमा नै मत्यु भएको छ। त्यसैगरी सन्दकपुर गाउँपालिका–१, छाँगेमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

माइजोगमाई गाउँपालिका–६, प्याङमा एकैघरका पाँच जना बेपत्ता भएको सशस्त्र प्रहरीका सूचना अधिकारी डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा एक बालिका घरसहित बेपत्ता भएकी छन्। त्यस्तै, माङ्सेबुङ गाउँपालिकामा एक गर्भवती महिला र एक पुरुष गम्भीर घाइते भएका छन्।

देउमाई नगरपालिका ५ धारे १ जना मृत्यु भएका छ भने  देउमाई  नगरपालिका ५ धुसुने २ जना जनाको मृत्यु भएको छ। त्यस्तै फाकफोकथुम गापा ३ रातमाटे १ जना मृत्यु भएको छ। ईलाम नगरपालिका ५ ‍घोसगाउ ६ जना मृत्यु भएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार