सुनसरी । जिल्ला सुनसरीको कोशी गाउँपालिका–२ स्थित उत्तर–दक्षिण भित्री सडकखण्डबाट प्रहरीले दुई युवकलाई ठूलो परिमाणको लागू औषधसहित नियन्त्रणमा लिएको छ ।
हिजो (बुधबार) राति ११ः१५ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले पैदल यात्रामा रहेका दुई जनामाथि चेकजाँच गर्दा उक्त लागू औषध बरामद गरेको हो । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरका २६ वर्षीय सरोज विश्वकर्मा र सोही स्थानका २१ वर्षीय सनम माझी रहेका छन् ।
प्रहरीका अनुसार माझीको रातो रङको झोलामा लुकाइछिपाई राखिएको अवस्थामा Tramol–50 लेखिएको २४०० पिस ट्याबलेट, Nitzascen–10 लेखिएको १०० पिस ट्याबलेट र Laborate लेखिएको एक बोतल झोल फेला परेको हो ।
उनीहरूलाई बरामद २५०० पिस लागू औषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया