मोरङ । मोरङको कटहरी–१ महेशपुर चौधरी चोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०४–००२ प ०४६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। दुर्घटनामा परी बिराटनगर–६ निवासी ३५ वर्षीय हरिओम राजवंशीको मृत्यु भएको हो।
सोही मोटरसाइकलमा सवार बिराटनगरकै ३४ वर्षीय सन्दिप राजवंशी र ३३ वर्षीय बसन्त राजवंशी घाइते भएका छन्। उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिराट नर्सिङ होम, बिराटनगरमा रेफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया