विदेशमा रहेर पनि झापाली समाज सहयोगमा सक्रिय, त्रिभुवन माविलाई एलइडी प्रदान

विहीबार, २३ असोज २०८२

झापा । साउदी अरबमा रहेका झापाली समाजका सदस्यहरूले शिवसताक्षी नगरपालिका–४ स्थित त्रिभुवन माध्यमिक विद्यालयलाई एक थान एलइडी सहयोग गरेका छन् । विद्यालयमा आयोजित विशेष समारोहका क्रममा झापाली समाज साउदी अरबका प्रतिनिधिहरूले उक्त उपकरण विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद चापागाईंलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका–४ का वडा अध्यक्ष बिष्णुप्रसाद प्रसाई विशेष अतिथिको रूपमा उपस्थित थिए । समाजका अध्यक्ष रबिन गिरीको नेतृत्वमा गरिएको उक्त सहयोग कार्यक्रमलाई सामाजिक उत्तरदायित्वअन्तर्गतको पहलका रूपमा लिइएको छ । अध्यक्ष गिरीले विदेशमा रहेर पनि शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने बताए ।

समारोहमा समाजका पूर्व अध्यक्ष राजेन्द्र थापा, सह–सचिव देवीबहादुर कार्की, सदस्य राजिव श्रेष्ठ र सदस्य कृष्णमाया हुमागाई सहभागी थिए । विद्यालयका प्रधानाध्यापक चापागाईंले सहयोगी झापाली समाज साउदीप्रति आभार व्यक्त गर्दै प्राप्त एलइडीले विद्यालयमा सूचना प्रवाह, दृश्य शिक्षण तथा कार्यक्रम सञ्चालनमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार