काठमाडौँ । माइतीघरमा प्रदर्शन गर्न लागेको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जेनजीका विभिन्न समूहले बिहीबार प्रदर्शन गर्ने भन्दै माइतीघरमा भेला हुने तयारी गरेको समाचार आएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, हालसम्म १८ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकामा डा. निकोलस भुसाल र सञ्जीव दाहाल पनि रहेका छन्।
प्रदर्शनकारीहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने बताइरहेका भए पनि सुरक्षा विश्लेषण अनुसार घुसपैठ हुने र हिंसा भड्किन सक्ने जोखिम रहेको कारण पक्राउ प्रक्रिया अगाडि बढाइएको हो।
पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान जारी रहेको छ भने प्रहरीले आगामी दिनमा थप सुरक्षा प्रबन्ध कडा बनाउने तयारी गरेको छ।
प्रतिक्रिया