पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान सुरु हुँदै

विहीबार, २३ असोज २०८२

काठमाडौँ। पर्सा र बारा जिल्लामा फैलिएको हैजाको महामारी नियन्त्रण गर्न र हालैको बाढीपहिराले सिर्जना गरेको उच्च जोखिमलाई ध्यानमा राख्दै हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ।

गत भदौ ६ गते पर्साको वीरगञ्ज महानगरपालिका–१२ को मुरली टोलबाट शुरु भएको हैजाबाट हालसम्म पर्सा र बारामा १ हजार ६८५ जना बिरामी भइसकेका छन्।

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा “हैजा रोग विरुद्धको प्रतिकार्य खोप अभियान, २०८२” यही असोज–कात्तिक महिनामा सञ्चालन हुने जानकारी गराएका छन्। महाशाखाको योजनाअनुसार पर्सामा असोज २६ गतेदेखि र बारामा असोज २९ गतेदेखि खोप अभियान शुरु भई तिहारअघि नै सम्पन्न गरिनेछ। स्वास्थ्य सेवा विभागले अभियानका लागि १० लाख १८ हजार १०० मात्रा खोप पर्सा र बारामा पठाउने तयारी गरेको जनाएको छ।

निर्देशक लालका अनुसार यो प्रतिकार्य खोप अभियानमा एक वर्षभन्दा माथि उमेर समूहका सबैलाई खोप दिइनेछ। यो मुखबाट खुवाइने र एक पटक मात्र दिइने खोप सुरक्षित रहेको महाशाखाले जनाएको छ। एक वर्षभन्दा माथिका सबैलाई दिनुपर्ने यो खोप गर्भवती महिला र स्तनपान गराइरहेका महिलालाई पनि दिन सकिने जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार