 
                            काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेर्कड ब्रेक बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ ।
बुधवार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  बुधबार ३२ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी  आज ३५ रुपैयाँले बढेर ३२ सय ७५ रुपैयाँमा कारोवार भैइरहेको छ ।  
 
प्रतिक्रिया