डिशहोम र ‘डल्ले’बीच साझेदारी, उपत्यकाका आउटलेटमा विशेष छुट

शुक्रबार, ३१ असोज २०८२

काठमाडौँ : डीटीएच सेवा प्रदायक तथा डिजिटल इन्नोभेसनमा अग्रणी कम्पनी डिशहोमले नेपालको चर्चित रेस्टुरेन्ट ब्रान्ड ‘डल्ले’सँग नयाँ साझेदारीको घोषणा गरेको छ।

यस सहकार्य अन्तर्गत, डिशहोमले हालै सुरु गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब उपत्यकाभित्रका सबै डल्ले आउटलेटहरूमा विशेष छुट पाउने भएका छन्।

डिशहोमका सक्रिय ग्राहकहरूले डल्ले रेस्टुरेन्टका सबै शाखामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। छुट लिनका लागि ग्राहकहरूले ‘माइ डिशहोम एप’मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।

सहयोग सम्झौतामा डल्लेका म्यानेजिङ डाइरेक्टर आलोक योन्जोन र डिशहोमका डेपुटी चिफ प्रडक्ट अफिसर आदित्य भट्टराईबिच एमओयू (MOU) मा हस्ताक्षर गरिएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार