 
                            विराटनगर : नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईईएफ) कोशी र झापा टोस्टमास्टर्स क्लबले संयुक्त रूपमा ‘क्यारियर क्रसरोड’ शीर्षकमा एक विशेष कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रमको उद्देश्य युवाहरूमा उद्यमशीलता, नेतृत्व क्षमता र पेशागत विकासप्रतिको चेतना अभिवृद्धि गर्नु रहेको आयोजकहरूले बताएका छन् ।
कार्यक्रममा कन्टेन्ट सिर्जनाकर्ता स्वेता बुढाथोकी, फेसन डिजाइनर नूर श्रेष्ठ, चार्टर्ड लेखापरीक्षक राहुल साहेवाला र शिक्षाविद् भिक्टर आइ जोसेफ संवादकर्ता (प्यानलिष्ट) का रूपमा सहभागी थिए । उनीहरूले आफ्ना जीवनका अनुभव, चुनौती र सफलता कथाहरू साझा गर्दै युवालाई आफ्ना क्षमता र अवसरहरू पहिचान गर्न प्रेरित गरे ।
त्यस्तै, कार्यक्रमका विशेष मुख्य वक्ता फनिन्द्र दाहालले ‘अन्तरनिहित क्षमता अनलक गर्ने’ शीर्षकमा प्रेरणादायी मन्तव्य प्रस्तुत गर्दै युवाहरूलाई ‘आफ्नो क्षमता प्रयोग गर्न सिक्नु नै सफलताको पहिलो ढोका हो’ भन्ने सन्देश दिएका थिए ।
आयोजक संस्थाहरूका अनुसार यस्ता सहकार्यात्मक कार्यक्रमहरूले युवाबीच आपसी सम्बन्ध सञ्जाल (नेटवर्किङ), आत्मविश्वास र नेतृत्व विकासमा सशक्त योगदान पु¥याउने विश्वास गरिएको छ ।
प्रतिक्रिया