दुई महिनापछि सरकारी संरचनाको पुननिर्माण सुरु गर्ने सरकारको तयारी

मंगलबार, २५ कार्तिक २०८२

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्वपूर्ण संरचनाको पुनःनिर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारभित्रका महत्वपूर्ण संरचनालाई अहिलेकै बजेटभित्रबाट दुई महिनापछि सुरु गरिने जानकारी दिएका हुन्।

उनले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट सरकारी संरचनातर्फ करिव सय अर्वको क्षति भएको प्रारम्भिक अनुमान रहेको बताए।

जेनजी आन्दोलन क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न स्थापना गरिएको कोषमा ८ करोड रुपैयाँ जम्मा भएको उनले जानकारी दिए।

जेनजी आन्दोलनका क्रममा ठूलो मात्रामा सरकारी कार्यालय ध्वस्त भएका छन्। मुलुकको प्रमुख प्रशासनीय कार्यालय सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत पूर्ण रुपमा क्षति भएका छन्। यसैगरी देशभरका प्रहरी कार्यालयहरुमा पनि क्ष्ति पुगेको छ।

मन्त्री खनालले टुक्रे आयोजनाहरुको बजेट कटौती गरि हुलाकी, मध्यपहाडी लोकमार्ग, बिपी राजमार्ग लगाएतका रणनीतिका आयोजनाहरुलाई प्राथमिकतामा राखेर बजेट छुट्टाइएको उल्लेख गरे।

जेनजी आन्दोलनको माग अनुसार बजेटको सही परिचालनका लागि सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्डलाई प्रभावकारी बनाइएको उनले बताए। मन्त्री खनालले आयकर घटेपनि समग्र राजस्व बढेको बताए।

उनले जेनजी आन्दोलनपछि सेप्टेम्वरमा पर्यटक आगमनको संख्या घटेपनि त्यसपछि भने पर्यटक आगमनको संख्या निकै बढेको दाबी गरे। उनले जेनजी आन्दोलनपछि निजी क्षेत्रमा भएको क्षतिपछि व्यवसायिक वातावरण बनाउन सरकारले अधिकतम पहल गरेको जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार