जेन जी आन्दोलनका बेला नख्खु कारागारबाट फरार कालीबाबा पक्राउ

मंगलबार, २५ कार्तिक २०८२

काठमाडौ । जेन जी आन्दोलनका बेला नख्खु कारागारबाट फरार भएका कालीबाबा भनिने भरत लामिछाने पक्राउ परेका छन् । हाडनाता करणीमा २५ वर्ष जेल सजाय सुनाइएका कालीबाबा लाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । नख्खु कारागारमा थुनामा रहेका उनी २४ भदौमा फरार भएका थिए ।

हाडनाता करणीमा उनलाई काठमाडौं जिल्ला अदालतलले २५ वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो । उच्च अदालत पाटनले त्यसलाई सदर गरेको थियो । उनको अझै १४ वर्ष कैद सजाय बाँकी रहेको छ । पक्राउ परेका उनलाई नख्खु कारागार पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार