काठमाडौँ : कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आफ्नो विधान र केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची निर्वाचन आयोगमा दर्ता गराएको छ ।
केन्द्रीय कमिटीमा रहने सदस्यहरूको नाममा आन्तरिक विवाद देखिएपछि केही दिन ढिलो भएको बताइएको छ । विवाद समाधानपछि पार्टीले मंगलबार साँझ मात्रै आयोगमा आवश्यक कागजातसहित केन्द्रीय कमिटी सदस्यहरूको अन्तिम सूची बुझाएको हो ।
पार्टी स्रोतका अनुसार उज्यालो नेपाल पार्टीले दर्ता प्रक्रिया सम्पन्न गरेसँगै अब निर्वाचन आयोगबाट मान्यता प्राप्त गर्न औपचारिक प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
प्रतिक्रिया