एनपिएलमा सुरक्षा प्रबन्ध चुस्त–दुरुस्त राख्न गृहमन्त्रीको निर्देशन

आइतबार, ३० कार्तिक २०८२
File Photo

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारदेखि सुरु हुन गइरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिगको (एनपिएल) का बारेमा त्यसको सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे जानकारी लिएका छन् । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौँ प्रहरी प्रमुख रमेश थापासँग आज एनपिएलको सुरक्षा तयारीबारे गृहमन्त्री अर्यालले जानकारी लिएका हुन् । गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा अर्यालले प्रतियोगिता अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवाञ्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिए । 

“पहिलोपटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरुरी भएकाले सोही अनुसार प्रबन्ध मिलाउन हुन निर्देश गर्दछु”,  मन्त्री अर्यालले बैठकमा भनेका छन् । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार