बराहक्षेत्रको सडक छेउमा बेवारिसे नवजात शिशु फेला

सोमबार, ०१ मंसिर २०८२

 इटहरी ।  वराहक्षेत्र नगरपालिका–८ स्थित  सडकछेउमा  आज बिहान बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ। शिशुको पहिचान खुल्न सकेको छैन।

स्थानीयले नवजात शिशु फेला पारेपछि इलाका प्रहरी कार्यालय चक्रघट्टीलाई जानकारी गराएका थिए। सूचना प्राप्त भए लगत्तै कार्यालय प्रमुख दिवस कुँवर नेतृत्वको टोली घटनास्थल पुगेको थियो। 

प्रहरीले शिशुलाई उद्धार गरी नगर अस्पताल चक्रघट्टीमा उपचारका लागि लगेका छन्। अस्पतालका अनुसार शिशुको अवस्था हाल सामान्य रहेको छ। प्रहरीले शिशु कसले छाडेको हो भन्नेबारे आवश्यक अनुसन्धान  सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार