सिद्धार्थ बैङ्कको २४औं वार्षिक साधारण सभा सम्पन्न, १०.५३ प्रतिशत लाभांश पारित

सोमबार, ०१ मंसिर २०८२

काठमाडाैं । सिद्धार्थ बैङ्क लिमिटेडको चौबिसौँ वार्षिक साधारण सभा आइतबार काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। बैङ्कका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०८१/८२ का विभिन्न एजेन्डा पारित गरेको छ।

साधारणसभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र करसहित ५.५३ प्रतिशत बोनस गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । बैंकको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख छ ।

सो सभाले गत आवको सञ्चालक समिति र लेखा परीक्षक वार्षिक प्रतिवेदन पनि छलफल गरी पारित गरेको छ । त्यसैगरी, चालू आवका लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार