काठमाडौँ : साउदी अरबस्थित मक्काबाट मदानीतर्फ जाँदै गरेको बस दुर्घटनामा पर्दा ४२ भारतीय तिर्थयात्रीको मृत्यु भएको छ।
भारतीय समयअनुसार सोमबार बिहान १:३० बजे बस डिजेट ट्याङ्करसँग ठोक्किएर दुर्घटना भइ आगलागी हुँदा ११ बालबालिका र २० महिलासहित ४२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्।
दुर्घटनामा मारिनेहरूमध्ये अधिकांश हैदराबादका रहेका छन्। मदीनाबाट करिब एकसय ६० किलोमिटर टाढा मुहरास नजिक बस र ट्याङ्कर ठोक्किएका थिए। त्यसलगत्तै बसमा आगलागी भएको र धेरै यात्रु सुतिरहेकाले भाग्नसमेत नसकेको समाचारमा जाइएको छ।
तेलंगाना सरकारका मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीस्थित अधिकारीहरूलाई दूतावाससँग समन्वय गर्दै मृतकहरूको पहिचान र अन्य आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएका छन्।
मदीना नजिक भारतीय ‘उमरा’ यात्रु सहभागी भएको दु:खद दुर्घटनापछि जेद्दास्थित भारतीय महावाणिज्य दूतावासले परिवारलाई सम्पर्कका लागि हेल्पलाइन नम्बर जारी गरेको छ। त्यस्तै तेलंगाना सरकारले पनि सचिवालयमा कन्ट्रोल रुममार्फत आफन्त र परिवारलाई सम्पर्कका लागि सहजिकरण गरेको छ।
‘उमरा’ वर्षको कुनै पनि समयमा गर्न सकिन्छ, यसको लागि कुनै निश्चित मिति हुँदैन। यो हजजस्तै अनिवार्य त होइन, तर मक्का-मदीना जाने एउटा छोटो प्रकारको धार्मिक यात्रा हो, जुन कुनै पनि मुसलमानले कहिले पनि, जति पटक चाह्यो त्यति पटक गर्न सक्ने तिर्थाटन हो।
उमराका लागि गएका भारतीयहरुनै दुर्घटनामा परेका हुन्।
प्रतिक्रिया