इटहरी । सुनसरीको देवानगंज गाउँपालिका–१ मध्यहर्षहीमा जग्गा सम्बन्धी विवादका क्रममा एक युवा गम्भीर घाइते भएका छन्।
आज विहान स्थानीय रञ्जेश मेहताले छिमेकी मोहन मेहतामाथि पछाडिबाट ढुंगा प्रहार गरी फरार भएका प्रहरीले जानकारी दिएको छ। ढुङ्गा प्रहारबाट मोहन गम्भीर घाइते भएका छन्।
घाइते मेहताको प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा लगिएको छ।
ढुंगा प्रहार गरेर फरार भएका रञ्जेश मेहताको खोजी तीव्र गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया