नाइजेरियामा अपहरणमा परेका थप १३० जना विद्यार्थी तथा कर्मचारी मुक्त

सोमबार, ०७ पुस २०८२

एजेन्सी । नाइजेरियाको नाइजर राज्यको सेन्ट मेरीज क्याथोलिक बोर्डिङ स्कुलबाट अघिल्लो महिना अपहरण गरिएका थप १ सय ३० जना बालबालिका सुरक्षित रूपमा मुक्त भएको नाइजेरियन सरकारले जनाएको छ ।

यसअघि यही महिनाको शुरूतिर १ सय जना बालबालिका रिहा भएका थिए । घटनापछि अपहरणमा परेका बालबालिकाहरुको वास्तविक संख्या स्पष्ट हुन कठिन भएको र केही विद्यार्थी आक्रमणकै बेला भागेर घर पुगेको राष्ट्रसंघले जनाएको छ ।

प्रारम्भिक विवरण अनुसार ३ सय १५ जना हराइरहेका भनिए पनि अन्ततः सबै बालबालिका मुक्त भएको अल जजिराले जनाएको छ । बढ्दो सामूहिक अपहरणले नाइजेरियाको सुरक्षा अवस्था गम्भीर बनेको विश्लेषण भइरहेको छ । अपहरण कसले गर्याे र रिहाइ कसरी सम्भव भयो भन्ने विषय सार्वजनिक गरिएको छैन ।

नाइजेरियामा फिरौतीका लागि संगठित आपराधिक समुहहरुले यस्तो काम गर्ने गरेका छन् । अपहरण मुक्त बालबालिकाहरुको अन्तिम पहिचान र स्वास्थ्य परीक्षणको तयारी भइरहेको खबरमा उल्लेख छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार