सङ्खुवासभाको भोटखोलाको सिमबोक्प डाँडामा फोरजी सेवा

सोमबार, ०७ पुस २०८२

खाँदबारी :  सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको सिमबोक्प डाँडामा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ ।


टेलिकमको बेस ट्रान्सिभर स्टेशन (बिटीएस) अनएयर भएसँगै भोटखोला क्षेत्रका स्थानीय लाभान्वित भएका छन् । नेपाल टेलिकम खाँदबारीका प्रमुख प्रेम राईले लामो समयदेखि सञ्चार सेवाबाट वञ्चित रहँदै आएको यस क्षेत्रका लागि फोरजी सेवा सञ्चालन हुनु महत्वपूर्ण उपलब्धि भएको वताए । 


टेलिकमका इन्जिनियर आशिष आचार्यको नेतृत्वमा रहेको प्राविधिक टोली, भोटखोला गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष जिप्पा भोटे, नेपाल आर्मी तथा स्थानीयको सहयोगमा टावर स्थापना गरिएको हो । दुर्गम हिमाली भूगोल र कठिन मौसमका बाबजुद सेवा सञ्चालनमा ल्याउन सफल भएको टेलिकमले जनाएको छ ।
    
भोटखोला गाउँपालिका वडा नम्बर १ अन्तर्गतको किमाथाङ्का क्षेत्रमा पनि केही दिनभित्र फोरजी सेवा सञ्चालनमा ल्याइने तयारी भइरहेको नेपाल टेलिकमले जानकारी दिएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार