निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

सोमबार, ०७ पुस २०८२
फाइल फोटो

मन्थली : उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  रामेछापको मन्थलीमा उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री घिसिङले  निर्वाचनका लागि आवश्यक तयारी भइरहको जानकारी गराएका हुन् । 

एक महिना अघि मात्र सुरु गरिएको उज्यालो नेपाल अभियान हाल पार्टीमा रुपान्तरण भई सबैतिर पुगेको सो अवसरमा घिसिङलले जानकारी गराए । “सत्तरी असी वर्ष पुराना पार्टीहरुलाई परास्त्र गरी बहुमत ल्याएर सरकार बनाउने ठुलो साहस उज्यालो नेपाल पार्टीले  गरेको छ”, घिसिङले भने । 

जेनजी आन्दोलन पश्चात गठित सरकारमा आफु सहभागी हुने अवसर प्राप्त गरेपछि विगतका मन्त्रीहरुको भन्दा फरक तरिकाले काम गरेको घिसिङले बताए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार