गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

विहीबार, २१ बैशाख २०८०
काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिइयोस् भन्ने राखेको प्रस्तावको पक्षमा बहुमत मत परेको हो । प्रस्तावको पक्षमा ३५ मत पर्दा विपक्षमा २२ र तटस्थ २ मत परेको प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार