‘युथ ओपन फाइभ के रन’ असार २ मा

बुधबार, २४ जेठ २०८०
काठमाडौं । एथलेटिक्स परिवार नेपालको आयोजनामा असार पहिलो साता युथ ओपन फाइभ के रन आयोजना हुने भएको छ । एथलेटिक्सका युवा खेलाडीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ दशरथ रंगशाला क्षेत्रमा असारको २ गते प्रतियोगिता सञ्चालन हुने भएको हो । पुरुष र महिला गरी दुई स्पर्धामा सञ्चालन हुने प्रतियोगितामा १४ वर्ष उमेर पुगेका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । प्रतियोगिताको बिजेता (महिला र पुरुष) ले ट्रफी, पदक सहित समान २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले १० हजार, तेस्रोले ५ हजार, चौथो र पाँचौं हुनेले समान दुई हजार र छैटौंदेखि दशौं स्थानसम्म हासिल गर्ने खेलाडीले समान एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा नाम दर्ताका लागि जेठ ३२ गते बिहिबारसम्मको समय तोकिएको छ । खेलाडी दर्ता वर्ल्ड ट्रेड सेन्टरको दोस्रो तलामा रहेको एथलेटिक्स परिवार नेपालको सम्पर्क कार्यालयमा गर्न सकिनेछ । नेपालको एथलेटिक्स खेलको विकासमा सहयोग पुर्याउने उद्देश्यले स्थापना भएको एथलेटिक्स परिवार नेपालले वार्षिक रुपमा ट्रयाक एण्ड फिल्ड र रोड रोस कार्यक्रम सञ्चालन र समन्वयगर्दै आएको अध्यक्ष राजन खत्रीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार