एसीसी वुमन्स टी-२० इमर्जिङ एसिया कप : नेपालले भारत र पाकिस्तानसँग खेल्ने

विहीबार, २५ जेठ २०८०
काठमाडौं। नेपालले एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने भएको छ । थाइल्याण्ड उक्त प्रतियोगितामा सहभागी हुन नपाउँदा नेपालले यो अवसर पाएको हो । जुन १२ अर्थात जेठ २९ गतेबाट सुरु हुने प्रतियोगिताका लागि निकै थोरै समय बाँकी भएको र भिसाको समस्या नभएको खण्डमा नेपालले पूर्ण सदस्यीय राष्ट्रहरुसँग खेल्ने मौका पाउनेछ। उक्त प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले आफ्नो ‘ए’ टिमलाई यस प्रतियोगितामा पठाउनेछन्। प्रतियोगिता १२ जुन देखि २१ जुनसम्म हङकङमा हुँदैछ । थाइल्यान्डले भिसा समस्याका कारण बताएर नाम फिर्ता लिए पछि नेपालले खेल्ने अवसर पाएको हो। आइतबार मात्र मलेसियासँग द्विपक्षीय टी-२० सिरिज खेलेर नेपाल फर्किएको नेपाली महिला टोलीलाई आफ्नो स्तर र क्षमता प्रदर्शनका रुपमा यो प्रतियोगिता ठूलो अवसर हो । समूह ‘ए’ मा नेपाल, हङकङ, भारत र पाकिस्तानको ए टोली हुनेछन्। समूह बीमा बंगलादेश, मलेसिया, श्रीलंका र दुबई हुनेछन् । नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ । यस्तै १७ जुनमा घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्नेछ। उक्त प्रतियोगिता हङकङको मिसन रोड मैदान कोलुनमा हुनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार