इटहरी । खेल क्षेत्रको प्रवर्द्धन एवं कर्मचारी तथा जनप्रतिनिधिबीच भातृत्व सम्बन्ध बनाउने उद्देश्यले वडास्तरीय ‘वडाध्यक्ष फूटसल प्रतियोगिता’ आयोजना गरियो ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ५ ले एक दिने फूटसल प्रतियोगिता आयोजना गरेकोहो हो ।
प्रतियोगितामा इटहरी उपमहानगरपालिकाका तीन टिम, इटहरी अस्पताल र वडा कार्यालयको १० गरी जम्मा १४ टिम सहभागी थिए ।
प्रतियोगिताको उदघाटन इटहरी उपमहानगरपालिका उपप्रमुख संगीताकुमारी चौधरीले गरेकी थिइन् ।
प्रतियोगिताअन्तर्गत सहरी विकास महाशाखा र वित्तीय व्यवस्थापन महाशाखाबीच फाइनल खेल भएको थियो ।
फाइनलमा वित्तीय व्यवस्थापन महाशाखाले ३–५ गोल अन्तरले सहरी विकास महाशाखालाई पराजित गरेको थियो ।
विजेता टोलीका सुवास वनले १२ गोल गरी सर्वाधिक गोलकर्ताको रुपमा गोल्डेन बुट प्राप्त गरेका थिए । सोही टिमवाट उत्कृष्ट गोल रक्षकको उपाधि अनिल चौधरीले प्राप्त गरेका थिए ।
खेलभरीको सर्वाधिक उत्कृष्ट खेलाडीका रुपमा शहरी विकास महाशाखाका सुवास गिरी पुरस्कृत भए ।
वित्तीय व्यवस्थापन महाशाखावाट खेलाडीहरु लखनलाल चौधरी, सुवास वन, अनिल चौधरी, मनोज कोइराला, रामकुमार चौधरी, कृष्ण दुलार पासवान, उमेश चौधरी, आसिक भुजेल सहभागी थिए ।
उक्त टिमको व्यवस्थापकमा लेखा प्रमुख विकास पोख्रेल थिए भने टिम प्रशिक्षकमा डम्बरबहादुर कार्की र रामचन्द्र खड्का थिए । उक्त टिमको टिम क्याप्टेनको जिम्मेवारीमा सुवास वन थिए ।
विजेता टिमलाई नगद १३ हजार, ट्रफी, मेडल एवं प्रमाणपत्र प्रदान गरिएको थियो । उपविजेतालाई ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितामा उपविजेता र सहभागी सबै टिमलाई इटहरी उपमहानगरपालिका वडा नं ५ का वडाअध्यक्ष भीष्मकुमार घिमिरेले बधाई दिएका थिए ।
प्रतियोगिताका संयोजक गोपाल गिरीले आगामी दिनमा पनि कर्मचारी र जनप्रतिनिधिबीच यस्तै प्रकारका खेलको आयोजना गरी समग्र खेलको विकास गर्दै लैजान वडा नम्बर ५ सदैव तयार रहेको बताएका थिए ।
प्रतिक्रिया