इटहरीमा तालतलैया कप फुटबल हुने

मंगलबार, ३० जेठ २०८०
सुनसरी । इटहरीमा जेठ ३२ गतेदेखि असार ९ गतेसम्म तालतलैया च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८० हुने भएको छ । इटहरी २ स्पोटर्स एरिया फुटसल आँपगाछीमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिइएको हो । प्रथम तालतलैया च्यालेन्ज कप इटहरी २ स्थित बुढासुब्बा खेल मैदानमा फुटबल हुने भएको हो । प्रतियोगितामा सुनसरी, मोरङ, झापा र उदयपुरलगायत विभिन्न टिम गरी १० टिमको सहभागी हुने छन् । प्रतियोगितामा विजयी टिमलाई ५१ हजार तथा उपविजेता टिमलाई ३१ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको अनुमानित लागत १२ लाख ३२ हजार रुपैयाँ रहेको तालतलैया फुटबल कपका अध्यक्ष शंकर राईले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार