विश्वकप छनोट अघिको अन्तिम ‘वार्मअप’ खेलमा ओमानसँग खेल्दै नेपाल

विहीबार, ३२ जेठ २०८०
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले बिहीबार ओमानसँग विश्वकप छनोट अघिको अन्तिम’वार्मअप’ खेल खेल्दै छ। हरारेमा हुने खेलमा नेपाली टिम प्रतियोगिता अघि लगातार अभ्यास खेलमा पराजित हुँदै आएको अवस्था अन्त गर्दै जितको प्रयासमा मैदानमा उत्रिने छ। ओमानविरुद्ध नेपालले पछिल्लो पटक एसिसी प्रिमियर कपमा प्रतिस्पर्धा गरेको थियो। समूहचरणमा भिडेको नेपालले ओमानलाई ८४ रनले पराजित गरेको थियो। नेपाल ओमानविरुद्ध आफ्नो बलियो छविलाई निरन्तरता दिन चाहन्छ। विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा नेपालले दुई अभ्यास खेल खेल्दा दुवैमा पराजित भएको थियो। भने आइसिसीको आधिकारिक ‘वार्मअप’ खेलको पहिलो खेलमा नेपाल युएइसँग पराजित भएको थियो। अभ्यास खेलमा नेपालले लेग स्पिनर सन्दीप लामिछानेलाई भने खेलाएको छैन।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार