४० वर्षपछि इंग्ल्यान्डलाई युरोपेली यू-२१ को उपाधि

आइतबार, २४ असार २०८०
इंग्ल्यान्डले करिब ४० वर्षपछि युरोपेली यू-२१ को उपाधि उचालेको छ । इंग्ल्यान्डले फाइनलमा स्पेनलाई १-० गोलले हराएको हो । जर्जियाको एडजाराबेट एरिनामा भएको फाइनल खेलमा इंग्ल्यान्डलाई उपाधि दिलाउन जेम्स ट्राफोर्डले महत्वपूर्ण भूमिका खेले । उनले प्रतियोगितामा लगातार ६ खेलमा क्लीन सिट राखे । फाइनलमा पनि उनले थुप्रै बचाउ गरेका थिए । खेलको पहिलो हाफको निर्धारित समयमा गोल हुन सकेन । त्यसपछि कोल पाल्मरको फ्रिकिक प्रहार कर्टिस जोन्सलाई डिफलेक्ट हुँदै गोलमा परिणत भएको थियो । मध्यान्तरपछि स्पेनले गोल गरेपनि त्यसले मान्यता पाएन । ९९ औँ मिनेटमा स्पेनले पेनाल्टीको मौका पाएको थियो । कोल विलले बक्समा एबेल रुइजमाथि फाल गरेपछि अन्तिम समयमा स्पेनले पेनाल्टीको मौका पाएको थियो । जसमा रुइजले गरेको प्रहार ट्राफोर्डले रोकेका थिए । त्यसपछि केही तनावपूर्ण अवस्था आएको थियो । जसमा स्पेनका एन्टोनियो ब्लान्को र मोगर्न गिब्स बाइट्ले रातो कार्ड पाएका थिए । त्यसपछि दुवै टिमबाट गोल भएन । इंग्ल्यान्डको जितमा जोन्सको गोल निर्णायक बन्यो । इंग्ल्यान्डले यो उपाधि तेस्रो पटक उचालेको हो । यस अघि १९८२ र १९८४ मा इंग्ल्यान्ड च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार