२५औँ एसियन एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई शिवम् सिमेन्टको प्रायोजन

सोमबार, २५ असार २०८०
काठमाडौं। असार २७ गतेदेखि साउन १ गतेसम्म थाईल्याण्डको पटैयामा सञ्चालन हुन लागेको २५औं एसियन एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ । यसअघि पनि शिवम् सिमेन्ट लिमिटेडले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न खेलहरुमा (क्रिकेट, भलिबल, फुटबल, म्याराथन) प्रायोजकको रुपमा सहभागी भइसकेको छ । एसियन एथलेटिक्स च्याम्पियनसिपको २५औं संस्करणका लागि नेपालबाट विभिन्न विधामा सहभागिता जनाउनका लागि आयुष कुँवर, शिवराज पारकी, फूलमति राना, राजपुरा पच्ची, मुकेशबहादुर पल, सोमबहादुर कुमाल र दिपक अधिकारी गरी ७ जना खेलाडी तय भएका छन् । उक्त खेलमा विभिन्न ३७ देशहरुबाट खेलाडीहरुले सहभागिता जनाउने छन् । सहभागी खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल च्याम्पियनसिपहरुमा विभिन्न पदकहरु हासिल गरिसकेका छन् । एसियन एथलेटिक्स एसोशिएशनले हरेक २ वर्षमा आयोजना गर्ने च्याम्पियनसिप अघिल्लो पटक चीनमा हुने तय भए पनि कोभिड–१९ को कारण रद्द भएको थियो । सहभागी खेलाडीमध्ये आयुष कुँवर र शिवराज पारकीले १०० मिटर र २०० मिटर दूरीको दौडमा सहभागिता जनाउनेछन् । कुँवर २०१८ नेशनल गेम गोल्ड मेडलिस्ट हुन् भने पारकी हालैको नेशनल च्याम्पियनसिममा पहिलो बनेका थिए । एपीएफ क्लबकी फुलमती राना ८०० देखि १५०० मिटर दूरीको दौड, राजपुरा पच्ची ५००० मिटर, सोमबहादुर कुमाल ४०० मिटरदेखि ८०० मिटर र दिपक अधिकारी १०,००० मिटर दौडमा सहभागी हुने छन् । अधिकारी एसियन क्रस कन्ट्रीका च्याम्पियन हुन् । काठमाडौंमा भएको एक कार्यक्रमकाबीच नेपाल एथलेटिक्स एसोसियशनका तर्फबाट सचिव आर.क.विष्ट र शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भी.पी। निखिल अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका छन् । ओ.पि.सि सिमेन्ट मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओ.पि.सि. सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आइरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन.एस.क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो । शिवम् सिमेन्ट यसमाभएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यावसायिकतथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले लामो समयदेखि महत्वपूर्ण भूमिका प्रस्तुत गर्दै आइरहेको जनाइएको छ । हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको कम्पनीले जनाएको छ । नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा बीआइएस (आइएसआइ) प्रमाणित शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार