इलामको ठूलो टुँडिखेलमा आधुनिक रंगशाला बनाइने

बुधबार, २७ असार २०८०
इलाम । इलामको ठूलो टुँडिखेललाई आधुनिक रंगशालाका रुपमा विकास गरिने भएको छ । नेपाली सेनाको स्वामित्वमा रहेको टुँडिखेललाई आधुनिक रंगशाला निर्माणका लागि काम अघि बढाइएको हो । यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम सकिएको छ । टुँडिखेललाई आधुनिक रंगशालाको रुपमा निर्माण गर्ने योजनाका साथ डीपीआरको काम सम्पन्न भएको इलाम नगरपालिकाले जनाएको छ । इलाम नगरपालिकाको पहलमा काम अगाडि बढेको हो । इलाम नगरपालिकाका प्रमुख केदार थापा र नेपाली सेनाका अधिकारीबीच भएको समझदारी बमोजिम इन्जिनियर सुरेशकुमार नेम्वाङ्गको प्राविधिक सल्लाहअनुसार डीपीआरको काम सम्पन्न भएको थियो । टुँडिखेल निर्माणको डीपीआर जर्सा ईन्जिनियरीङ्ग कन्सल्टेन्सी काठमाडौद्वारा तयार गरेको बताइएको छ । संघीय बजेटमार्फत आगामी आर्थिक वर्षबाट आधुनिक रङ्गशाला निर्माणको काम हुने इलाम नगर प्रमुख थापाले बताए । उनले इलाममा ठूलो तथा ब्यवस्थित खेल मैदान नहुँदा समस्या हुँदै आएको भन्दै अब भएको टुँडिखेललाई ब्यवस्थित गर्न थालिएको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार