काठमाडाै । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल र घरेलु टोली बङ्लादेशले बराबरी खेलेका छन् ।
ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा आज बिहीवार भएकाे खेलमा नेपाल र बङ्गलादेशले १–१ गाेलकाे बराबरी खेले ।
बङ्गलादेशकी सबिना खातुनले खेलकाे ६५ औँ मिनेटमा गाेल गर्दै टाेलीलाई अग्रता दिलाएकाे थिइन् ।
नेपालकी सावित्रा भण्डारीले थपिएकाे ४ मिनेटकाे इन्ज्युरी समयमा गाेल गर्दै टाेलीलाई बराबरीकाे अवस्थामा ल्याइन् ।
गएको वर्ष भदौमा काठमाण्डौमा सम्पन्न साफ च्याम्पियनशिपको फाइनलपछि नेपाल र बङ्लादेशले दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न लागेका हुन् ।
पहिलो पटक साफ च्याम्पियनशिपको उपाधि जित्दा बङ्लादेशले नेपाललाई ३–१ गोलले हराएको थियो । नेपालले अहिलेसम्म साफ च्याम्पियनशिपको उपाधि जित्न सकेको छैन । नेपाल र बङ्लादेशबीच दोस्रो मैत्रीपूर्ण फुटबल पर्सि आइतवार हुनेछ ।
प्रतिक्रिया