प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबलको फाइनल आज

शनिबार, ३० असार २०८०
काठमाडौं । प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल क्लब लिग च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । पुरुषतर्फको उपाधिका लागि नेपाल पुलिस क्लब र हेल्प नेपालबीच प्रतिचस्पर्धा हुनेछ । हेल्प नेपाल लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई पाँच सेटमा पराजित गर्दै फाइनल पुगेको हो । जारी लिगमा उसले अहिलेसम्म हार बेहोरेको छैन । अपराजित रहँदै लिग तालिकाको शीर्ष स्थानमा रहेको हेल्प नेपालले ६ खेलमा १८ अंक जोडेको थियो । लिगमा हेल्प नेपालले पुलिसलाई पाँच सेटमा पराजित गरेको थियो । पुलिस दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । उसले लिगको अन्तिम खेलमा एपीएफलाई सोझो सेटमा हराएको थियो । पुलिसले ६ खेलमा पाँचमा जित हात पारेको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने फाइनल दिउँसो ३ बजे हुनेछ । महिलातर्फ दुई चीरप्रतिद्वन्द्वी एपीएफ र पुलिस आमने सामने हुनेछन् । यो फाइनल परिषद्‌कै कभर्डहलमा १२ बजे सुरु हुनेछ । पुलिस पाँचमा शतप्रतिशत नतिजा निकाल्दै १५ अंकका साथ फाइनल प्रवेश गरेको हो । एपीएफले एक हार बेहोरेको थियो । सो हार पुलिससँगै बेहोरेको हो । पुलिस लिगकै उच्च प्रदर्शन दोहोर्‍याउने लक्ष्यमा हुँदा एपीएफ सोझो सेटको हारको बदला लिन चाहन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार