सरोज र अंशुलाई हाफ म्याराथुनको उपाधि

शनिबार, ३० असार २०८०
  विराटनगर । सरोज सिंह र अंशु मण्डलले मदन भण्डारी स्मृति माध्यमिक विद्यालय स्तरीय खुला ‘क्यापिटल हाफ म्याराथुन’ को उपाधि जितेका छन् । नेपाल खेलकुद महासंघ मोरङले शनिबार विराटनगरमा आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ दमक बहुमुखी क्याम्पसका सरोजले १६ मिनेट २५ सेकेण्डमा दूरी पार गर्दै उपाधि जिते । छात्रातर्फ विराटनगरको आदर्श माविकी अंशुले १८ मिनेट ५० सेकेण्डमा दूरी पार गर्दै उपाधि जितेकी हुन् । छात्रतर्फ धरान हिमालय मेघाका किरण लिम्बू द्वितीय, सिद्धार्थ पब्लिक हाइ स्कुलका प्रसान तामाङ तृतीय, अमर यादव चौथो र नवीन तामाङ पाँचौं भए । छात्रातर्फको आदर्श स्कुलकी अमृता राजवंशी द्वितीय, सुस्मिता बस्नेत तृतीय, अञ्जली मुखिया चौथो र अन्जु खवास पाँचौं भए । क्रमशः प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ स्थान हुनेले १५ हजार, १० हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँको साथै ट्रफी प्राप्त गरे । मदन भण्डारीको ७२औं जन्म जयन्ती अवसरमा आयोजित प्रतियोगितामा १ सय ५० जनाभन्दा बढी विद्यार्थीको सहभागिता थियो । खेलाडीलाई मदन भण्डारी फाउण्डेसनका अध्यक्ष गुरु बराल, नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, केन्द्रीय सदस्य सन्तोषी श्रेष्ठ, युवा व्यवसायी मनोजविक्रम शाह, खेलकुद महासंघ मोरङ अध्यक्ष मनोज खड्कालगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार