बङ्गलादेशलाई हराउँदै नेपाललाई उपाधि

आइतबार, ३१ असार २०८०
काठमाडाै । बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली महिला टाेलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलकाे उपाधि जितेकाे छ । आज आइतवार ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएकाे खेलमा नेपालले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटकाे खेल गाेलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे । यसअघि गएकाे बिहीवार भएको पहिलो खेलमा नेपाल र बङ्लादेशले १–१ गाेलको बराबरी खेलेका थिए । याेसँगै नेपालले गएकाे वर्ष काठमाण्डाैमा भएकाे साफ च्याम्पियनशिपकाे फाइनलमा हारेकाे बदला लिएकाे छ । नेपाल साफ फाइनलमा बङ्लादेशसँग ३–१ गाेलले पराजित भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार