फुटबल क्षेत्रका अग्रज राईलाई अवार्ड

सोमबार, ०१ साउन २०८०
विराटनगर । फुटबल क्षेत्रका अग्रज दिलीप राईलाई ‘लाइफ एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आइतबाबार एक कार्यक्रमको आयोजना गरी उनलाई पुरस्कारले सम्मानित गरेको हो । फुटबलमा लामो समय बिताएका राईलाई ५० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको थियो । पूर्वका जुनसुकै स्थानमा हुने फुटबल प्रतियोगिताहरुमा सहभागी भएर खेलाडीहरुको हौसला बढाउँदै आएका राई धेरैका प्रोत्साहन बनेका छन् । खेल आयोजनाअघि नै उनीबाट प्रतियोगिता कसरी व्यवस्थित गर्ने भन्नेबारे आयोजकले सुझाव लिने गरेका छन् । यसैगरी बोर्डले कोशी प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी, १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जितेका खेलाडी, प्रशिक्षक, व्यवस्थापकहरुलाई पनि सम्मान गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार