भविबल प्रशिक्षण सम्पन्न

शुक्रबार, २६ असोज २०८०
इलाम, असोज : इलाममा १५ दिने भलिबल खेलको प्रशिक्षण सम्पन्न भएको छ । भलिबल प्रतियोगिताप्रति युवा युवतीमा आकर्षण गर्ने उदेश्यले जिल्ला भलिबल संघको आयोजनामा प्रशिक्षण भएको थियो । समापनका अवसरमा सहभागिलाई इलाम नगरपालिका प्रमुख केदार थापा, नगर प्रवक्ता नुतनदेव दुलालले प्रमाणपत्र हस्तान्तरण गरेका छन् । जिल्ला भलिवल संघको पहलमा राष्ट्रिय खेलकुद परिषद्का निर्वतमान प्रशिक्षक बिरेन्द्र प्रसाद चौधरीले युवायुवतीलाई प्रशिक्षण दिएका थिए । ठुलो टुडिखेलमा आयोजना भएको प्रशिक्षणमा ५७ जना महिला र पुरुष ३६ जनाको सहभागिता रहेको थियो । इलामको १० वटै स्थानीय तह, पाँचथर र ताप्लेजुङका विद्यार्थीको सहभागिता रहेको भलिबल संघ इलामका प्रादेशीक रेफ्रि योगेन्द्र सुवेदीले बताए । उनका अनुसार यो प्रशिक्षणले खेलाडीको खेल कौशल बढेको छ । साथै उनीहरुको मनोबल समेत बढेको महसुस गरिएको छ । भलिबल संघका उपाध्यक्ष प्रकाश दुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक बिरेन्द्र प्रसाद चौधरी, इलाम नगरपालिकाका प्रमुख थापा, प्रवक्ता नुतनदेव दुलाल लगायतले खेलको विकासका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार